March 16, 2025

ओखलढुंगामा एकैदिन ६६ जना कोरोना संक्रमण पुष्टि

ओखलढुंगामा एकैदिन ६६ जना कोरोना संक्रमण पुष्टि

ओखलढुंगा । ओखलढुंगामा एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार जिल्लाका तीन स्थानीय तहबाट १ सय ४६ जना शंकास्पद व्यक्तिहरूकोे स्वाव संकलन गरेर परीक्षण गरिएकोमा बुधबार एकैदिन ६६ जनाममा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ओलखढुंगाका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ३४ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

सुनकोशी गाउँपालिकाका १९ जना, चिशंखुगढी गाउँपालिकाका २२ जना र लिखु गाउँपालिकाका २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको र हाल होम आइसोलेसनमा रहेको स्वास्थ्य प्रमुख तिवारीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ सय ७० पुगेको छ । यीमध्ये ९ जना कोरोना संक्रमणपछि निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै उपत्यकामा जम्मा २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ ।

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content