March 16, 2025

मोलुङ गाउँपालिका जेठ ९ सम्म सिल

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडाहरुमा जेठ ९ सम्मका लागि सिल गरिएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको ६ वटा वडा सिल गर्ने निर्णय गरेको हो ।

कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र रूपले फैलिएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए ।

जनताको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै दैनिक बिहान ६ बजे देखि १० बजे सम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहरु मात्र खुल्ला रहने उनको भनाइ छ ।

उपभोग्य सामाग्रीको खरिद तथा विक्रि वितरण गर्दा व्याक्तिगत रुपमा अपनाउने स्वास्थ्य सम्वन्धि सतर्कता अपनाउन, माक्स तथा सेनिटाइजरको प्रयोग गरि सामाजिक दुरीको अनिवार्य पालना गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ । यस्तै गाउँ कार्यपालिको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।

त्यस्तै ओखलढुंगामा कोरोना संक्रमण बढी रहेको अवस्थामा सोमबार मात्रै १० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ जना ओखलढुंगाका र ४ जना सोलुखुम्बु रहेका छन् । जसमा ओखलढुंगाका सिद्धिचरण नगरपालिका वडा नं ८ का १ जना, वडा नं ११ का २ जना, वडा नं १२ का १ जना, मोलुङको वडा नं ६ का १ जना र खिजीदेम्बा गाउँपालिका ७ का १ जना रहेका छन् । सोलुखुम्बुका ४ जना नै सोलु दूधकुण्ड नगरपालिकाका रहेको जनाइएको छ । यससँगै जिल्लामासंक्रमितको संख्या ८९ पुगेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content