काठमाडौं । पछिल्लाे २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाकाे मृत्यु भएकाे छ भने ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार २२५ जनाको मृत्यु भएको जनाएकाे हो । देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रायलले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५ सय ९६ जना र एन्टिजेन विधिबाट ७ सय २० जनाको परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।