काठमाडौं । ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार विश्व श्रमदिवसको अवसर पारेर भर्चुअल (Zoom) मार्फत महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनले श्री सुरेन्द्र श्रेष्ठ ज्युको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । उक्त समिति डम्बर चौलागाईं (प्रथम उपाध्यक्ष), सम्झो शेर्पा (महिला उपाध्यक्ष), सुबाष श्रेष्ठ (द्वितीय उपाध्यक्ष), जितेन्द्र धमला (सचिव), सुनिल बुढाथोकी, (सहसचिव), रमेश तामाङ (कोषाध्यक्ष), रुद्र प्रसाद धमला (सह–कोषाध्यक्ष) रहेका छन् । त्यसै गरी सदस्यहरु ज्ञानेन्द्र राई, सिताराम गदाइली, निशा राई, सानू माया मगर (महिला), कुमार चौलागाईं, भिम बहादुर मगर रहेका छन् भने प्रचारप्रसार विभाग प्रमुख टिकाराम दर्जी रहेका छन् । त्यस्तै सल्लाहकारमा यादव कुमार खत्री (प्रमुख सल्लाहकार), दिल कुमार मगर (सल्लाहकार), इन्द्र सुनुवार (सल्लाहकार), घनश्याम अधिकारी (सल्लाहकार) रहेका छन् ।
महाधिवेशन कार्यक्रममा प्रमुख अतिथी संस्थापक शिव कुमार घिमिरे (नेपालबाट) बिशिष्ठ अतिथी प्रदिप घताल (नेपालबाट) र अतिथिहरु भुपाल कार्की (नेपालबाट), दिपक केसी (नेपालबाट), सुजन घिमिरे (नेपालबाट), निराजन खतिवडा (नेपालबाट) दिल बिरही कान्छा (नेपालबाट) रहेका थिए ।
संस्थाका अध्यक्ष हिरालाल दयाल ज्युले आफ्नो दोश्रो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण समिति सदस्य मित्रलाई धन्यवाद ज्ञापन गर्दै समिति भंग भएको घोषणा गरेका थिए । समिति भंग भएको घोषणा भए पछि नयाँ समिति गठन गरिएको हो ।
कार्यक्रमका उपस्थिति सबै अतिथिहरुबाट नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने पुर्व अध्यक्ष हिरालाल दयाल ज्युले नयाँ कार्यसमिति लाई सपथ ग्रहण गराएका थिए । कार्यक्रम हिरालाल दयाल ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।