March 16, 2025

कोरोना संक्रमण बढे पनि रोकिएन जात्रा ! (तस्बिरमा हेर्नुहोस्)

नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सोमबार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागि हुन नपाइने निर्णय ग¥यो । तर सरकारको निर्णयको उल्लंघन गर्दै मंगलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भयो । रथयात्राको पहिलो दिन जमलबाट सुरु गरेर भोटाहिटी हुँदै असनमा पु¥याएर राखिएको थियो भने दोस्रो दिन असनदेखि हनुमानढोकाको कालभैरवमा पु¥याइएको छ । तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा गराएर समापन गरिन्छ । तस्वीरः शंकर भुजेल

फोटो फिचर

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content