वाइसिएलको जेठ २८–३० मा राष्ट्रिय भेला हुने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला हुने भएको छ । काठमाडौंमा चैत ४ र ५ गते बसेको वाईसीएल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पार्टी व्यूँताएपछि वाइसिएलले राष्ट्रिय भेला गर्न लागेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका केन्दीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज सन्तोष मगरले बताए ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने मगरले जानकारी दिए ।

उनले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय बैठकले गरेको बताए ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *