February 10, 2025

प्रेस संगठन ओखलढुंगाले पायो पुर्णता

ओखलढुंगा, फागुन १३ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता पस्चात बनेको नेकपा समर्थित पत्रकारहरुको संगठन प्रेस संगठ, नेपाल ओखलढुंगाले पुर्णता पाएको छ । नेकपामा विबाद देखिए संगै पार्टी र पार्टीका विभिन्न जनवर्गिय संगठन समानान्तर कमीटी गठन गर्ने प्रकृयाले ओखलढुंगालाई पनि अछुतो नराखेको अवस्थामा प्रेस संगठन ओखलढुंगाले पुर्णता पाएको हो ।
जिल्लामा पार्टी, विद्यार्थी, युवा तथा पत्रकारहरुका संगठनमा समानान्तर कमीटी गठन भए पस्चात हरेक कमीटीहरुलाई पुर्णता दिने काम भई रहेको छ । पछिल्लो समय नेकपा ओली समुहले फरक संगठन बनाई रहेको अवस्थामा पार्टी विद्यार्थी, युवा तथा पत्रकारहरुका संगठनहरुले पुर्णता पाई रहेका छन् । जिल्लामा पछिल्लो समय नेकपा संवद्ध पत्रकारहरुको संगठन प्रेस संगठन, नेपालको जिल्ला कमीटीले पुर्णता पाएको हो । मनोज भट्टराईको संयोजकत्वमा रहेको प्रेस संगठनको ७ सदस्यिय जिल्ल कमीटी निर्माण भएको छ । संगठनको सचिवमा रामहरी श्रेष्ठ, सहसंयोजक दुर्गा धमला र राज दयाल रहेका छन् । जसको सदस्यहरुमा शिव विश्वकर्मा, प्रकाश राई, तिलक सुनुवार रहेका छन् भने जिल्लाबाट प्रदेश कमीटीमा नबराज खड्का तथा केन्द्रिय सदस्यमा शिव प्रसाद ढुंगाना र कुम्भराज राई रहने बताईएको छ ।

ओखलढुंगामा केही दिन अघि संगठनको विधान विपरित बनाईएको संगठनको कुन औचित्य नरहेको र आफ्नो स्वार्थका निम्ती संगठनको साधरण सदस्य समेत नरहेका संचारकर्मीलाई विभिन्न प्रलोभन तथा त्रासमा पारी संगठन निर्माण गरिएको प्रचण्ड–माधव समुहका पत्रकारहरुले आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content