April 22, 2025

राज्यमन्त्री गुरुङको दादागिरी सार्वजानीक कार्यक्रममै जनप्रतिनिधिलाई धम्की

गाउँसभाको विशेष प्रस्ताव: राज्यमन्त्रीको टिप्पणी प्रति खेद प्रकट

ओखलढुंगाः ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको गाउँसभाले प्रदेश नं. १ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले गरेको टिप्पणी प्रति खेद प्रकट गरेको छ । गाउँपालिकाको गाउँसभामा विशेष प्रस्ताव राज्यमन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
गत माघ ३० गते चिशंखुगढी गाउँपालिकाको वडा नं. २ को खाीभञ्ज्याङमा ओलि समुहको कार्यक्रममा राज्यमन्त्री गुरुङले गाउँपालिकाका जनप्रतिनिधीहरुको मर्यादा नराखी अभिव्यक्ति दिएका कारण गाउँसभमले नै राज्यमन्त्री विरुद्ध खेद प्रकट गरेको हो । चिशंखुगढी गाउँपालिकाको गत फागुन ७ देखी सुरु भएको आठौं गाउँसभामा गाउँसभा वडा अध्यक्ष नरेन्द्र बस्नेत प्रस्तावक रहि गाउँपालिकाका उपाध्यक्ष सुष्मिका राई र वडा अध्यक्ष उषक कटवाल समर्थक भई राज्यमन्त्री विरुद्ध विशेष प्रस्ताव दर्ता भएको थियो । राज्यमन्त्रीले सार्वजनिक स्थलमा कपोकल्पीत र गैह्जिम्मेवारी अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति प्रति घोर भत्र्सना गर्दै खेद प्रकट गर्ने विशेष प्रस्तावलाई गाउँसभाले सर्वसम्मत रुपमा पास गरेको छ ।

जिल्लाको चिशंखुगढी गाउँपालिकाको विकास निर्माणको सम्बन्धमा विगत देखी नै राज्यमन्त्री गुरुङ र गाउँपालिकाका अध्यक्ष निशान्त शर्माका बिच दोहोरी चल्दै आएको भएपनि मन्त्री जस्तो गरिमायपद सम्ह्मलेका गुरुङले गाउँपालिकाका जनप्रतिनिधिको मर्यादा राखेर वोल्नु पर्ने जानकारहरु वताउँछन् । राज्यमन्त्री गुरुङले गाउँपालिकाका अध्यक्ष शर्मा लगायतका जनप्रतिनिधीले प्रदेश सरकारको बजेट भ्रष्टाचार गरेको अभिव्यक्ति सार्वजनिक रुपमा दिदै आएका छन् । गाउँपालिकाका जनप्रतिनिधीहरुले भने राज्यमन्त्रीले कपोकल्पित झुटो आरोप लगाएको र उनको आरोपलाई पुष्टि गर्न चुनौती दिदै आई रहेका छन् ।

सार्वजनिक स्थलमा आरोप लगाउदै हिड्ने राज्यमन्त्रीलाई त्यसको पुष्टि गर्न गाउँपालिकाका एक जनप्रतिनिधिले बताए । उनले राज्यमन्त्रीको निर्देशनमा मन्त्रीकै आसेपास लाग्नेहरुले प्रदेशबाट आएको योजनामा उपभोक्ताहरुवाटै मोटो रकम उठाई राज्यमन्त्रीलाई नै बुझाएको जानकारी आएको बताए । आसेपासेले पैसा उठाएको कुरा स्थानीय जनप्रतिनिधिलाई जानकारी आएपछि त्यसलाई गाउँपालिकाको तर्फवाट रोक्न खोज्दा राज्यमन्त्रीले उल्टै स्थानीय जनप्रतिनिधीलाई भ्रष्टाचार गरेको आरोप लगाएको गाउँपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।


यसरी गाउँसभाबाट नै राज्यमन्त्रीको हावादारी भनाईहरुको कुनै तुक नरहेको भनि प्रस्ताव पारीत भएपछि ओखलढुंगाका केहि जनप्रतिनिधिहरु राज्यमन्त्रीको  पक्षमा रामाजिक सञ्जालमा रोईलो गर्न थालेका छन् ।

सम्बन्धित खबरहरु