March 16, 2025

नेकपा प्रचण्ड–नेपाल पक्षको चम्पादेवी–काठमाडौं सम्पर्क मञ्चको कमिटी गठन

१ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षको चम्पादेवी –काठमाडौं सम्पर्क मंचको अध्यक्षमा रुद्र पुडासैनीसहित २१ सदस्यीय कमिटी गठन गरिएको छ । शनिवार पेरिस डाँडाको पार्टी कार्यालयमा चम्पादेवी गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारको प्रमुख अतिथ्यतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो ।

उक्त कमिटीमा उपाध्यक्ष काजी थापा, सचिव सुरेश लुइँटेल, कोषाध्यक्ष

डम्बर गिरि र सदस्यहरु पेशल पौडेल, रमेश पौडेल, अर्जुन बुढाथोकी, विष्णु बहादुर कार्की, सोम बहादुर बुढाथोकी, गोपी बिष्ट, राजु 

तामाङ, सुमन मगर, मधु कार्की, राजेश तोलाङ्गी, रमेश बयलकोटी, दिनेश कोइराला, पुस्कल लुइँटेल, प्रकाश खड्का, संगिता खत्री र नर बहादुर बुढाथोकी रहेका छन् ।

उक्त कमिटीले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबाट काठमाडौं आएर बसोवास गर्दै आएकाहरुलाई संगठित र परिचालन गर्नेछ ।

उक्त भेलामा ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कुमार घिमिरे, ओखलढुंगाका नेता बाबुराम गौतम सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content