Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

बेलायतद्वारा मिश्रित खोपको परीक्षण शुरु - समाचार पाना
September 7, 2024

बेलायतद्वारा मिश्रित खोपको परीक्षण शुरु

Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

लन्डन । बेलायतले कोरोना भाइरस विरुद्धको मिश्रित खोपको परीक्षण शुरू गरेको छ । पहिलो डोजमा एउटा कम्पनीको र दोस्रो डोजमा अर्को कम्पनीको खोप दिँदा कस्तो हुन्छ भनेर परीक्षण शुरू भएको हो । देशव्यापी खोप कार्यक्रमलाई थप लचिलो बनाउन र खोप मिसाउँदा प्रतिरोधात्मक क्षमता बढ्छ कि बढ्दैन भनेर हेर्न सो परीक्षण गर्न लागिएको हो । परीक्षण अक्सफोर्ड विश्वविद्यालय र नेशनल इम्युनाइजेशन शेड्यूल एभ्यालुएशन कन्सोर्टियमले गरेको हो ।

अहिले बेलायतमा अक्सफोर्ड र अस्त्रजेनेका, फाइजर र बायोएनटेक तथा मोडेर्नाले बनाएको कोरोना भाइरस विरुद्धको खोपहरूले आपत्कालीन प्रयोगका लागि स्वीकृति पाइसकेका छन् । यी सबैका खोपहरू केही हप्ताको फरकमा दुई डोज लगाउनु पर्छ । तर बेलायतले भने फरक फकर खोपको दुई मात्रा लगाउँदा कस्तो प्रभाव पर्छ भनेर हेर्न लागेको हो । यस क्रममा अनुसन्धानकर्ताले अक्सफोर्ड तथा फाइजर खोपको मिश्रण गरेर लगाउँदा शरीरले उत्पादन गर्ने एन्टिबडी तथा टी कोषहरूको स्तरको अध्ययन गर्नेछन् । यस अध्ययनमा ५० वर्षमाथि उमेरका ८२० जना स्वयंसेवक सामेल गरिनेछ । एजेन्सी

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content