September 8, 2024

ओलीको प्रतिगामी कदमले मुलुक संकटमा : नेपाल

८ माघ, विरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीको अलोकतान्त्रिक कदम देश संकटमा परेको बताएका हुन् ।

ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको उनले बताए । नेता नेपालले ओली जस्तो कुलङ्घार नेता मुलुकमा अरु कोही नभएको बताएका छन् । उनले ओली कहिले देखि एमाले भए भनेर प्रतिप्रश्न गर्दै रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे । अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए भनेर नेपालले प्रश्न गरे । ओली भगौडा नेता भएको संज्ञा दिँदै झापा आन्दोलनबाट भागेर २०२८ सालतिर काठमाडौँ आएका उनलाई आफ्नो डेरामा दुई महिना राखेको नेता नेपालले बताए ।

ओली संविधान जारी गर्ने बेलामा समेत तयार नभएको आरोप लगाउदै गणतन्त्रको विरोधी कपी ओलीले गणतन्त्रको अपनत्व राख्न नसक्ने नेता नेपाले बताए ।

सोही कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शक्ति बस्नेतले ओलीद्वारा संविधानलाई कुल्चने दुष्प्रयास भएको बताए । स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सबैले साथ दिएपनि ओलीले विस्थापित गर्न खोजेको आरोप लगाए । उनले आम नेपालीले विश्वास राखेको कम्युनिष्ट पार्टीको एकता आज ओलीका कारण दुर्घटनामा परेको बताए ।

त्यसैगरी नेकपा कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका पूर्व मन्त्री जनार्दन शर्माले देशमा ओलीका कारण भ्रष्ट्राचार निम्तिएको बताए । हामीले उठाएको क्रान्तिको झण्डालाई ओलीले निमोठेर फालेकोले रक्षाका निमित्त लागिरहेको बताए । ओलीले कर्णाली प्रदेशलाई हेपेको आरोप लगाए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content