March 16, 2025

जीप दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते

४ माघ, पोखरा । जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने सात जना घाइते भएका हुन् ।

दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका जनाएको छ । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएकोे हो । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content