१ माघ, ओखलढुंगा । जिल्ला व्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी निशंके ‘ए’ हात पारेको छ । सद्धिचरण नगरपालिका–१० अम्जानीमा भएको प्रतियोगितामा सिद्धिचरण नगरपालिका–१, निशंके ‘ए’ ले उपाधि प्राप्त गरेको हो । यस्तै मानेभञ्याङ गाउँपालिका–१ मोली द्वित्तिय भएको छ भने सिद्धिचरण नगरपालिका–१ निशंके ‘बि’ तृत्तिय भएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेले सान्त्वना स्थान प्राप्त गरेको छ ।
चौध टिम सहभागि भएको प्रतियोगिता पौष २६ गतेदेखि सुरु भएको थियो । लाङ्घाली मगर समाज ओखलढुंगाको आयोजना र राष्ट्रिय युवा संघ नेपाल सिद्धिचरण नगरकमिटी ओखलढुंगा सह–आयोजनामा पौष २९ गते समापन भएको थियो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले गरेका थिए भने प्रतियोगिताको समापन कार्यक्रमा प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सदस्य माननीय यज्ञराज सुनुवारले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वित्तिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । समापन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष मगर जिल्ला समिति सदस्य बलबहादुर परियार, नेकपाका जिल्ला कमिटी सदस्य मैत बहादुर वि.क., सिद्धिचरण नगरकमिटी सह–संयोजक टोकल श्रेष्ठ लगायत सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायक अनुप राई र सन्देश राई गरेको कार्यक्रम संयोजक कृष्ण मगरले जानकारी दिए ।