September 7, 2024

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंलगायत देशभर शक्ति प्रदर्शन गरेको छ ।

६ प्रदेशका सम्पूर्ण जिल्लामा प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । राजधानीमा शक्ति प्रदर्शन मानिएकोले प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो । राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ताको भिड लागेको थियो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।

ओलीद्वारा संविधानमाथि बलात्कार : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले बनाएको संविधानमाथि बलात्कार गरेको बताएका छन् ।

पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर ओलिले संविधानमाथि बलात्कार गरेको बताएका हुन् । उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले प्रतिनिधिसभा भङ्ग नभएको तर केपी ओलीको सरकार भङ्ग भएको बताए ।

अध्यक्ष प्रचण्डले केपी ओलीले इतिहासमा कलंकको टीका लगाएकोले उक्त कलंकको टीका अब कहिल्यै नमेटिने दाबी गरे । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर माफि नमागेसम्म उनलाई इतिहासले र नेपाली जनताले माफी नदिने जिकिर गरे ।

सिंगो देशले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, सर्वाेच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर सोच्न पनि नसक्नने उनले बताए ।

ओली प्रवृत्तिको आयु समाप्त : अध्यक्ष नेपाल

नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले ओली प्रवृत्तिको आयु समाप्त भएको बताए । संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु समाप्त भएको बताएका हुन् ।

अध्यक्ष नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । उनले जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त भएकाले असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेको बताएका छन् ।

नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको तर अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट नहटाएका बताए । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले बताए ।

केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए ।

अध्यक्ष नेपालले नेपाली जनता दास बन्न तयार नरहेको पनि बताए । अब जनता देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशामा जाने पक्षमा रहेका बताए । त्यो काम गर्ने शक्ति भनेको नेकपा मात्र रहेको दाबी गरे । उनले कहिलेकाहीँ खोजे जस्ता सन्तान नहुने भन्दै पार्टीमा पनि त्यस्तै भएको बताए ।

नेकपा र सूर्य चिन्ह नेकपा कै हुने भन्दै सूर्य कसको पक्षमा जाने हो भनेर भ्रममा नपर्न नेता नेपालले आग्रह गरे ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content