March 16, 2025

प्रतिनिधि सभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलन सुरु

प्रतिनिधि सभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलन सुरु

११ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधि सभा विघटन विरोधमा बृहत नागरिक आन्दोलन सुरु भएको छ । शनिबार नागरिक समाजका अगुवाहरुले माइतीघर मण्डलामा ओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दैे विरोध प्रदर्शन सुरु गरेका हुन् ।

‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख फुकेर विरोध गरेका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि आक्रमण भएकोले विरोध प्रदर्शन गर्नु परेको अधिकारकर्मीहरुले बताएका छन् ।

प्रदर्शनकारीहरुले ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास ’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content