२१ मंसिर, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले सिसिएमसी र डिसिसिएमसीलाई पत्र मार्फत मंसिर २५ गतेभित्र जोर–बिजोर प्रणाली खारेज गर्न माग गरेका छन् ।
व्यवसायी तथा मजदुर संगठनले माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
जोर–बिजोर प्रणाली गर्दा गाडीमा भिड बढ्ने, कोरोना संक्रमण जोखिन झन् धेरै हुनका साथै मजदुर र व्यवसायी निकै समस्यामा परेको उनीहरूको भनाइ छ ।
गाडी आधा भन्दा नचलेको कारण अफिस समयमा गाडी चढ्नेको भिडभाड हुने गरेकोले यो नियम खारेज गनुपर्ने महासंघले जनाएको छ ।