October 4, 2024

सन्तोष मगर राष्ट्रिय युवा संघको केन्द्रिय सस्दयमा मनोनित

सन्तोष मगर राष्ट्रिय युवा संघको केन्द्रिय सस्दयमा मनोनित

१६ असोज, काठमाडौ । ओखलढुंगाका युवा नेता सन्तोष मगर राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । राष्ट्रिय युवा संघ नेपालको असोज १४ र १५ गते बसेको बैठकले ओखलढुंगाका युवा नेता सन्तोष र पर्वतका लोकराज आचार्यलाई राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

उक्त बैठकले परिपत्र जारी गर्दै तत्कालिन युवा संघ र वाइसिएलको समायोजन प्रक्रियाअनुसार पूर्व युवा संघबाट बुद्ध श्रेष्ठ ओखलढुंगा जिल्ला इन्चार्ज र पूर्व वाइसिएलबाट सन्तोष मगरले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । श्रेष्ठ यस अघि नै संघको केन्द्रिय सदस्य भए पनि इन्चार्ज भने यो बैठकले टुंग्याएको हो । नेकपाका युवा नेता सन्तोष मगर पुनः वाइसिएलको कोटाबाट संघको केन्द्रिय सदस्यमा मनोनित भएपश्चात् उनलाई सहइन्चार्जको जिम्मवारी दिएको हो ।

यसैगरी पूर्व युवा संघबाट राजन खत्रि जिल्ला संयोजक र पूर्व वाइसिएलबाट छविरमण धमलालाई जिल्ला सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

सन्तोषले तत्कालिन अखिल क्रान्तिकारी पून्यमाता मा.वि ओखलढुंगाका इकाई सचिवबाट राजनीति यात्रा सुरु गरेका हुन् । उनी स्कुले जीवनमा नै माओवादीको जनयुद्धमा हुमिए हुन् । उनले माओवादीको जनमुक्ति सेनामा रहेर जनयुद्ध गरे । उनीे शान्ति सम्झौता पछि जनमुक्ति सेनामा नै रहेका थिए । सेना समायोजन प्रक्रियामा अवकास रोजेका मगरले माओवादी केन्द्र जिल्ला सदस्य तथा मगर मोर्चाको केन्द्रिय सदस्य र वाइसिएल केन्द्रिय सदस्यमा रहेर काम गरे ।

२०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रबाट सिद्धिचरण नगरपालिका वडा नं. १० को वडा अध्यक्षका लागि चुनाव लडेका उनी पराजित भए । चुनाव पछि तत्कालिन माओवादी र नेकपा एमालेको पार्टी एकता पछि उनी नेकपा जिल्ला सदस्य तथा नेकपा निकट आदिवासी जनजाति मगर संघको केन्द्रिय सदस्य रहेर काम गरि रहेका छन् । यसैबीच उनी राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्यमा मनोनित भएपछि उनले सहइन्चार्जको थप जिम्मेवारी पाएका छन् । उनी जिल्ला कमिटि ओखलढुंगाको प्रचारप्रसार विभागको सहसंयोजक भूमिकासमेत निर्वाह गर्दै आएका छन् । उनलाई ओखलढुंगाको सक्रिय, जुझारु युवा नेताको रुपमा चिन्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु

Skip to content