Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

उपत्यकामा १ हजार ६३८ जनासहित देशभार २ हजार ७२२ जनामा कोरोनो संक्रमण पुष्टि - समाचार पाना
September 7, 2024

उपत्यकामा १ हजार ६३८ जनासहित देशभार २ हजार ७२२ जनामा कोरोनो संक्रमण पुष्टि

Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

१६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ६३८ जनासहित देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं १ हजार २८० जना, ललितपुरमा १६२ जना, र भक्तपुरमा १९६ जना गरी कुल १ हजार ६३८ जना गरी काठमाडौं उपत्यकामा १६ सय ३८ जनासहित देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । हालसम्म कुल संक्रमितको संख्या ८२ हजार ४५० जना पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । जसमा ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परिक्षण भएको छ ।

थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । ४ महिला र ७ पुरुषसहित ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

काठमाडौका ६७ वर्षीया, भक्तपुरका ६१ र ५१ वर्षीया र सुर्खेतका ७५ बर्षीया महिलाको निधन भएको छ भने मोरङका २७ बर्षीय, ललितपुरका ३२ र ७० वर्षीया, मकवानपुरका ७८ वर्षीया, रुपन्देहीका ६० बर्षीया र बाँकेका ५२ र ५९ बर्षीका पुरुषको मृत्यु भएको छ । हाल आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content