१५ असोज, काठामाडौं । कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ । बितेको २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मुत्यु हुनेको कुल संख्या ५०९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जना, काठमाडौँ उपत्यकामा ४ जना प्रदेश ५ मा ४ जना गरी जम्मा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९११ जनमा संक्रमण पुष्टि भएकोे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् । योसँगै हालसम्म देशभर कोरोना भाइरस संक्रमित संख्या ७९ हजार ७२८ पुगेको छ ।
त्यस्तै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेका छन् । हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् ।
यसैगरी बितेको २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ ।