Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन हुने - समाचार पाना
December 11, 2024

असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन हुने

Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

३० भदौ, काठमाडौं । असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन हुने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको जानकारी दिँदै सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको बताएका छन् ।

मन्त्री ज्ञवालीले लामो दुरीको बस सञ्चालन गर्दा बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र ५० प्रतिशतसम्म भाडादर वृद्धि गरी लिन पाउने जानकारी दिएका छन् । उनले लामो दुरीको बस सेवा सञ्चालनको मापदण्ड तथा अनुगमन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गर्ने बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गत चैत ११ देखि लामो दुरीको सवारी सञ्चालनमा रोक लागेको थियो । ६ महिना पछि लामो दुरीको सवारी सञ्चालनमा आउने भएको छ ।

सम्बन्धित खबरहरु

Skip to content