Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

काठमाडौं उपत्यकामा ६९६ सहित देशभर १,४५४ जनामा संक्रमण पुष्टि - समाचार पाना
December 11, 2024

काठमाडौं उपत्यकामा ६९६ सहित देशभर १,४५४ जनामा संक्रमण पुष्टि

Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ६९६ सहित देशभर थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा गरी १ हजार ४५४ जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका छन् । काठमाडौंमा ६२० जना ललितपुर र भक्तपुरमा ३८–३८ जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म एकैदिन संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो ।
यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३२२ पुगको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ महिला र ४ जना पुरुषकाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङमा ४० वर्षीय महिला र महोत्तरीमा ६५ वर्षीय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु बताए ।
देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ रहेका छन । देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर कुल ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित खबरहरु

Skip to content