देशभर कोराना संक्रमितको संख्या ४५ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा १०४१ जना थपिए

२० भदौ, काठमाडौं । देशभर कोराना संक्रमितको संख्या ४५ हजारभन्दा बढी पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको हो ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुष गरी थप ९ जनाको मृत्यु भएको छ । जम्मा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने महिलाहरु मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन्, भने काठमाडौंका ३ पुरुष पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना गरी काठमाडौं उपत्यकामा ४०८ संक्रमित थपिएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन्, भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर परिक्षण भएको छ ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *