कर्फ्यू जारी भएपछि सुनसान ललितपुर

१९ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको पछि ललितपुर सुनसान भनेको छ । बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यूको घोषणा गरिएको हो ।
कर्फ्यूका कारण ललितपुरको रिङरोड क्षेत्रभित्र बिहानैबाट सुनसान छ । महानगरीय प्रहरी ललितपुरका अनुसार कर्फ्यू लगाइएको क्षेत्रको अवस्था सामान्य रहेको जानकारी दिएको छ । बिरामी र सञ्चारकर्मीलाई भने सहजीकरण गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, ललितपुरले सूचना जारी गर्दै कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलिसमेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई जानकारी गराएको छ ।
ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको जनाएको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *