December 11, 2024

उपत्यकामा ४४५ जनासहित देशभर थप १ हजार २२८ जना कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

उपत्यकामा ४४५ जनासहित देशभर थप १ हजार २२८ जना कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ४४५ जनासहित देशभर थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ६ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर ३९४ जना महिला र ८३४ जना पुरुष गरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको  जानकारी दिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
प्रवक्ता डा गौतमले उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालय प्रवक्ता डा गौतमले जानकारी दिए ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९१७ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म निको भएर घर फर्किनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परिक्षण भएको छ ।

सम्बन्धित खबरहरु

Skip to content