१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ सहित देशभर जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ३४८ महिला र ८७३ पुरुष गरी १२२१ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ ।
प्रवक्ता गौतमले कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ ।
उपत्यकामा ४२९ जनामा कोरोना संक्रमित मध्ये काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।