June 15, 2025

उत्तर चीनको शाङ्सीमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु

उत्तर चीनको शाङ्सीमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु

१३ भदौ, बेइजिङ । उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ । शनिबार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रेस्टुरेन्ट रहेकोे भवन आंशिक रूपमा भत्किँदा मानवीय क्षति भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।

भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात व्यक्ति गम्भीर घाइते भएका छन्, भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा सम्लग्न स्थानीयले बताएका छन्।

भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्। एजेन्सी

सम्बन्धित खबरहरु

भर्खरै