February 10, 2025

थप १२ जनाको मृत्यु, ८८४ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ जनाको मृत्यु, ८८४ जनामा कोरोना संक्रमण पुष्टि

१३ भाद्र, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ, भने, ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ महिला र ९ पुरुष गरी १२ जनाको मृत्यु र २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै मृत्यु हुनेको कुल संख्या २०७ पुगरेको छ । कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।

प्रवक्ता गौतमले पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ९ जना पुरुषको मृत्यु भएको उनले बताए ।

हालसम्म निको भएर घर फर्किनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छन् । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content