May 17, 2024

प्रज्ञा–प्रतिष्ठानको दुईदिने रैथाने ज्ञान उत्सव भरतपुर हुँदै

प्रज्ञा–प्रतिष्ठानको दुईदिने रैथाने ज्ञान उत्सव भरतपुर हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा २०८१ वैशाख ७ र ८ गते भरतपुर, चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।

कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृति पक्षको संवाद गरिने छ । प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उपस्थितिमा दुवै कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा कुमाल र थारू जातिका सांस्कृतिक झाकीहरूको प्रदर्शन र ख‍ोजमूलक कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु

Skip to content