May 1, 2024

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा.ठाकुर र कार्कीलाई प्रदान गरिँदै

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा.ठाकुर र कार्कीलाई प्रदान गरिँदै

काठमाडौं । युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ भने युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा.डा.ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको छ । यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा.मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा.डा.जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु

Skip to content