February 21, 2024
Comp-1-1

कोशीमा सरकार विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा सरकार विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए
Comp-1-1

विराटनगर । कोशी प्रदेश सरकार दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेको छ । नियुक्तिको चार महिनापछि मुख्यमन्त्री केदार कार्कीले कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की सामाजिक विकास र नारायण मगर खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content