February 27, 2024
Comp-1-1

सेफ्स एशोसिएसनको अध्यक्षमा रेशमकुमार लामा निर्वाचित

सेफ्स एशोसिएसनको अध्यक्षमा रेशमकुमार लामा निर्वाचित
Comp-1-1

काठमाडौँ । सेफ्स एशोसिएसन अफ नेपालको अध्यक्षमा रेशमकुमार लामा तामाङ निर्वाचित भएका छन । एशोसिएसनको २८ औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट लामाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा बद्री खड्का, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन । त्यस्तै, कार्यसमितिको सदस्यहरुमा लक्ष्मण तामाङ, श्रीराज केसी, सुन्दर श्रेष्ठ, राजकुमार लामा, रामचन्द्र धरेल, सूर्यप्रसाद बस्याल, इन्द्रबहादुर अर्याल, उमेश भुवाई र रमेश श्रेष्ठ निर्वाचित भएका हुन ।

नेपाल तथा विदेशका तारे होटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि वि.सं २०५३ मा स्थापना भएको एशोसिएसनमा हाल एक हजार पाँच सयभन्दा बढी सदस्य आवद्ध छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content