February 21, 2024
Comp-1-1

नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन साहित्यिकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन साहित्यिकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
Comp-1-1

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)को संयुक्त आयोजनामा ‘चिनियाँ साहित्यकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाुका उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा सहभागि भएका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिनियाँ साहित्यकारहरूलाई खादा लगाएर आतिथ्य सत्कार गरिएको थियो ।

कुलपति राईले कार्यक्रम समापनका क्रममा अन्तरक्रियालाई सम्बोधन गर्दै अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताए । चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । कुलपति राईले विश्वव्यापी प्रभावबाट नेपाली साहित्य जस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको देखिन्छ।अर्को कुरा नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको बताएका छन् ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताएका छन् । उनले तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चिनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको चर्चा गरे ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कविताबाट नेपाली साहित्यको सुरुवात भययता २५० वर्ष लामो इतिहास रहेको चर्चा गरे । उनले नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको बताए । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको स्वत्वलाई आत्मसात् गरेर नवीनतम् साहित्य सिर्जना हुने गरेको बताएका छन् ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिव’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले उक्त अन्तर्क्रियामा आआफ्नो धारणा राखेका थिए ।

यस कार्यक्रमको उद्वेश्यबारे प्रकाश पार्दै नेपाली र चिनियाँ साहित्यकारबिच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह अरनिको समाजका प्रथम उपाध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले गरेका छन् । यसैबीच श्रेष्ठले अनुवाद कार्य आफैँमा गाह्रो काम हो ।कुनै पनि भाषाको अनुवादलाई कुशलतापूर्वक गर्न सक्नुपर्छ । त्यसले मात्रै सम्बन्धित भाषासँग जोडिएको देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताए । उनले चिनियाँ र नेपाली भाषालाई एकआपसमा अनुवाद गरेर कार्यक्रमलाई फलदायी बतएका थिए ।

यसै क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले कार्यक्रमलाई सम्बोधन गर्दै ‘हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन आइपुगेका थियोैँ । यसैक्रममा चिन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकन सँगसँगै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताएका छन् । उनले कतिपय साहित्यकारहरू साहित्य सिर्जनाको माध्यमबाट चिनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको सङ्केत गर्दै चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकआपसमा तत्पर रहनु पर्ने बताए । उपाध्यक्ष चाउ यान्पियाउले नेपाल र चिन जोड्ने सिल्करोड अर्थात् रेसमी मार्ग अङ्कित मायाको चिन्ह कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो ‘रेसमी साहित्यिक यात्रा’ पहिलोपटक नेपालबाट सुरु भएको बताए ।

यसैगरी उक्त प्रतिनिधि मण्डलमा सहभागी चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहा व्यवस्थापक चाङ् चियान्फिङ्ले ‘नेपाल–चीन साहित्यिक अन्तरक्रिया’ कार्यक्रममा आआफ्नो धारणा राखेका थिए । यसैगरी अरू सहभागी चिनियाँ साहित्यकारले आआफ्नो लेखन अनुभव सुनाउँदै विभिन्न कलाकारका पेन्टिङ र आ–आफ्ना कृतिहरू प्रज्ञा–प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गरेका छन्

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content