February 27, 2024
Comp-1-1

बालकुमारीमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

बालकुमारीमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
Comp-1-1

काठमाडौं । रोजगारका लागि कोरिया जानका अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । आन्दोलकारी माथि गोली चलाउँदा २ जना गम्भीर घाइते भएको भएका थिए । उपचारका लागि किस्ट अस्पतालमा लगिएका एक जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेका छन् ।

अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी आगजानी गरेका थिए ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा परीक्षा नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । ईपीएसको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा सहभागी गराउन आदेश दिएको थियो ।

तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content