February 21, 2024
Comp-1-1

माओवादीको विधान सम्मेलन फागुनमा

माओवादीको विधान सम्मेलन फागुनमा
Comp-1-1

काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेका छन् ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content