February 27, 2024
Comp-1-1

छोरी

छोरी
Comp-1-1

टेकनाथ नेपाल

छोरी म तिमीलाई
ठुलो मान्छे बनाउन चाहान्छु
तिमीले जे जे भन्छ्यौ
त्यो त्यो पुर्याउन चाहान्छु
मेरो मनमा बास बस्ने
मेरो मुटुमा बास बस्ने
मेरी छोरी तिमी हौ

मेरो ढुकढुकीमा बास बस्ने
मेरी छोरी तिमीलाई पनि
डाक्टर बन्ने रहर होला
अथवा पाइलट बन्ने रहर होला
छोरी म तिम्रो हरेक रहर
पुर्याउन चाहान्छु

तिमी जे बन्न चाहान्छौै
म त्यहि त्यहि पुर्याउछु
तिमी मेरी आस्था हौ
तिमी मेरो धरोहर हौ
तिमीमा मेरो प्रतिष्ठा लुकेको छ
तिमी भन मात्र
म तिमीलाई त्यही त्यही पुर्याउछु ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content