March 4, 2024
Comp-1-1

भर्चुअल कविगोष्ठी सम्पन्न

भर्चुअल कविगोष्ठी सम्पन्न
Comp-1-1

मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार, पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नु पर्ने बताएका छन् । उनले फतफत नारा लेखेर कवि हुन सकिँदैन, कवि हुन त कवितामा कला र विचारको सुललित हुनुपर्ने बताए ।

गोष्ठीका अतिथि कविहरू मुक्ति पोखरेल, दुर्गाप्रसाद सिग्देल, शकुन्तला मञ्जरी, शारदा कार्की, बिनुबाबा कार्की, टीका मिलन घिमिरे, निर्मला बराल, विष्णु भण्डारी आचार्य, गङ्गा पौडेल, रश्मी रिमाल र उत्तम भेटवालले कविता वाचन गरेका छन् ।

भर्चुअल कविगोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले गरे । यस क्रममा उनले आफ्नो गजलवाचनसहित भर्चुअल कविगोष्ठीको समापन गरेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content