February 21, 2024
Comp-1-1

एकीकृत समाजवादीको महाधिवेशन जेठमा

एकीकृत समाजवादीको महाधिवेशन जेठमा
Comp-1-1

काठमाडौं । एकीकृत समाजवादी पार्टीले महाधिवेशन आगामी जेठमा भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।

पार्टीको विधानका व्यवस्थामा छलफल गर्नुपर्ने भएपछि माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ ।

मंसिर २८ २९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content