February 27, 2024
Comp-1-1

‘बिजचित्र फोटोग्राफी’ प्रतियोगितामा सामाचारपानाका फोटो पत्रकार भुजेल दोस्रो

‘बिजचित्र फोटोग्राफी’ प्रतियोगितामा सामाचारपानाका फोटो पत्रकार भुजेल दोस्रो
Comp-1-1

काठमाडौं । फोटोग्राफी दिवस २०८०को उपलक्ष्यमा ‘बिजचित्र फोटोग्राफी’ प्रतियोगितामा समाचारपाना.डटकमका फोटोपत्रकार शंकर भुजेल दोस्रो भएका छन् । सोमवार घोषणा गरिए विजेताहरुमा अभिषेक महर्जन प्रथम, शंकर भूजेल दोस्रो, नारायण महर्जन तेस्रो भएका छन ।

विजेताहरुले क्रमश: प्रमाणपत्रसहित २० हजार, १५ हजार , १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । पब्लिक च्वाइस अवार्डमा गणेश रिजालले हात पारे । उनले प्रमाणपत्र तथा ५ हजार रुपैयाँ गरे ।

महालक्ष्मी विकास बैंकको आयोजनामा भएको उक्त प्रतियोगितामा करीब ४० जना नेपाली फोटोग्राफरहरू सहभागी भएका थिए । प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने १५० भन्दा बढी फोटोहरू पठाएका थिए । तीमध्येबाट १५ उत्कृष्ट तस्वीरहरू छानिएको थियो ।

बैंकका कर्पोरेट कम्युनिकेशन हेड वसन्त बक्सीले प्रतियोगितामा समावेश सबै फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायले सकारात्मक सन्देश प्रदान गरेको बताए । उनले उत्कृष्ट १५ तस्वीरहरूलाई बैंकको आउँदो क्यालेण्डरमा समावेश गर्ने जानकारी दिए ।

कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगिताको मूल्यांकनका लागि ३ सदस्यीय जुरीअन्तर्गत बैंकका कर्पोरेट कम्युनिकेशन हेड बक्सी, भर्टिकल ३६० एड्भर्टिज्मेण्ट प्रालिका क्रियटिभ डाइरेक्टर उल्लास मक्राती र न्यु बिजनेश एज प्रालिका फोटो पत्रकार सुनिल शर्मा रहेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content