March 4, 2024
Comp-1-1

दक्षिण एसियाली कराते च्याम्पियनसिप : २९ स्वर्णसहित नेपाल शीर्ष

दक्षिण एसियाली कराते च्याम्पियनसिप : २९ स्वर्णसहित नेपाल शीर्ष
Comp-1-1

काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल कराते महासंघद्वारा आयोजित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेपं) को कभर्ड हलमा भएको प्रतियोगितामा नेपालले २९ स्वर्ण २६ रजत र ६ कांस्य जित्दै शिर्ष भएको हो ।

त्यस्तै भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भएको छ । बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्दै तेस्रो भएको छ ।

त्यसैगरी पाकिस्तान ४ स्वर्ण, १ रजत र १९ कांस्यसहित चौथो, श्रीलंका (एनओसी) टिम २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ पाँचौं तथा २ कांस्य साथ भुटान छैटौं भएको छ ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङ लगायतले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेका छन ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content