February 27, 2024
Comp-1-1

कुलपति राई अमेरिकामा सम्मानित

कुलपति राई अमेरिकामा सम्मानित
Comp-1-1

अमेरिका । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई अमेरिकामा सम्मानित भएका छन् । किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य सम्मान गरेको हो । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।

सम्मान कार्यक्रमलाई संवोधन गर्दै कुलपति राईले जहाँ भएपनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ । त्यसले मात्रै नेपाली हुनुमा गर्व गर्न सकिने कुरा बताउँदै एक नम्बर प्रदेशको नाम कोसी नभई किरात प्रदेश हुनुपर्ने धारणा राखेका छन् ।

यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरूआफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content