February 27, 2024
Comp-1-1

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन : गौशालाबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन : गौशालाबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ
Comp-1-1

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँको गौशाला प्रहरीले पक्राउ गरेको हो ।

आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केर अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुर घर भएका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ रहेका छन् ।

त्यस्तै पर्वतका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, सुनसरीका सुजन खड्का, खोटाङका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content