February 21, 2024
Comp-1-1

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड
Comp-1-1

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ ।

महासंघका अनुसारा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजार पनि मूल्य बढेको हो । यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर १७ हजार ४०० भएर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content