February 21, 2024
Comp-1-1

क्यानले क्रिकेट टिमलाई ५० लाख दिने घोषणा

क्यानले क्रिकेट टिमलाई ५० लाख दिने घोषणा
Comp-1-1

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानले जनाएको छ ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको क्यानको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । स

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content