February 21, 2024
Comp-1-1

भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने

भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने
Comp-1-1

हेटाैंडा । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् । उनले बिपद्काे यश घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहने बताएका छन् ।

मन्त्री श्रेष्ठले भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गर्दै उनले घाइतेहरुकाे शीघ्र स्वाास्थ्यथ्य लाभको कामना समेत गरेका छन् ।

मन्त्री श्रेष्ठले विपद्काे यश घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गरेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content