March 4, 2024
Comp-1-1

आमा यति महङ्गो गाडी कहा चढ्न सक्नु हुन्छ ?

आमा यति महङ्गो गाडी कहा चढ्न सक्नु हुन्छ ?
Comp-1-1

टेकनाथ नेपाल

आमा कति महङ्गो गाडी चढेको छु
हो आमा मैले कति महङ्गो गाडी चढेको छु
यही गाडीमा चढ्नको लागि कति संर्घष गरेको छु ।

आमा तपाईलाई के थाहा छ
यो महङ्गो गाडी बस्नको लागि कति गाह्रो छ
यही गाडी चढे पछि
कहिले नातागोता कहिले काकाकाकी
कहिले सालासाली, श्रीमती कहिले प्रेमिकालाई चढाएर खुसी बनाएकै छु
अनि आमा यति महङ्गो गाडीमा तपाई कसरी चढ्न सक्नु हुन्छ ।

यति मात्र कहा होर आमा
महङ्गो गाडीमा चढे पछि
कहिले काही पेट्रोल पनि बेच्नै प¥यो
कहिले काही खाद्यन्न बोक्नै प¥यो
बिदामा गर्लफेन्ड पनि घुमाउन जानै प¥यो
त्यसैले नी त आमा यति महङ्गो गाडी तपाई कहाँ चढ्न सक्नु हुन्छ ?
हो आमा यति महङ्गो गाडी तपाई कहाँ चढ्न सक्नु हुन्छ ?

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content