February 21, 2024
Comp-1-1

तीज बितेको एकसातापछि उपाध्यक्षको दवाबमा दरखाने कार्यक्रम

तीज बितेको एकसातापछि उपाध्यक्षको दवाबमा दरखाने कार्यक्रम
Comp-1-1

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एकसातापछि उपाध्यक्षको दवाबमा दरखाने कार्यक्रम भएको छ । गाउँपलिकाले बिनीयोजन गरेको रकमले असोज ६ गते दरखाने कार्यक्रम भएको हो ।

गाउँपालिकाले महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समुह सञ्जाल लक्षित गरेर २० हजार वजेट विनीयोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनीयोजन भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लिलाराज श्रेष्ठले बताए ।

गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि वडा नं. ८ मा भने दरखाने भएको थिएन । विभिन्न कारणले रोकीएको उक्त कार्यक्रम तिज सकिएको एकहप्ता पछि अर्थात असोज ६ गते सम्पन्न भएको थियो ।

तिज सकिएको एक हप्ता पछि महिला सञ्जालले तीजको दरखाएका भिडीयो र तस्विरहरु भने यतिबेला समाजिक सञ्जालमा विबादास्पद भइ रहेका छन् । हरेक वडामा तीज अगावै दर कार्यक्रम राखिएको भए पनि वडा नंं. ८ मा असोज ६ गते भएको दर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापा लगायत वडाका महिला जनप्रतिनिधि र महिलाहरु छमछमी नाचेको देखिन्छ ।

यस विषयमा तीज कार्यक्रम तीज सकिएको एकहप्ता पछि किन भयो भनेर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बजेट विनियोजन भएको तर कुन वडामा कहिले के कार्यक्रम गरे भनेर केही थाहा नभएको बताए । उनले गाउँपालिका केन्द्रमा भने भदौको २९ गते तीज विशेष कार्यक्रम भएको र अरु आफुलाई केही थाहा नभएको बताए ।

यसै गरी वडा अध्यक्ष पुरुशोत्तम पौडेलले पनि यस विषयमा आफुलाई कुनै जनानकारी नभएको बताए । उनले उपाध्यक्षको बचाउ गर्दै आमासमुह सञ्जालले तीज अघि नै दर कार्यक्रमका लागि सामान किनेको र तीज अगाडी वडामै एक जनाको मृत्यु भएका कारण तीज पछि कार्यक्रम राखिएको हुन सक्ने बताए । उपाध्यक्ष थापाको मोवाइलमा सम्पर्क गर्दा उनको मोवाइलमा भने सम्पर्क हुन सकेन ।

वडामा एक जनाको मृत्यु भए पनि संस्कार अनुसार किरीयापुत्री कोरामा नपसे सम्म कुनै छेकबार नहुनेर तीज अघि नै उक्त कार्यक्रम गरौ भन्दा तीज अघि नै कार्यक्रम हुन नसकेको र तीज पछाडी उक्त कार्यक्रम नगरौ्र भन्दा उपाध्यक्ष अस्मिता थापाको दवाबमा तीज पछाडी कार्यक्रम गर्नु परेको प्रगतिशिल स्वास्थ्य आमासमुह सञ्जालका एक पदाधिकारीको भनाइ छ ।

ल्याएको समान बिग्रीएको बिग्रीयो तर अन्य समानहरु नबिग्रने भएका कारण सामानहरु गाउँकै पसलमा फिर्ता गारौं र गाउँपालिकाले दिएको २० हजार अन्य सामाजिक काममा लगानी गरौं भन्दा पनि त्यो रुकम वडामा महिलाहरुलाई तीजमा खानको लागि आएको हुँदा भेटघाट र दर खाने प्रयोजनमा नै खर्च गर्नुस भनेका कारण पनि आफुहरु बाध्यतामा परेको आमासमुह सञ्जालका पदाधिकारीहरुको भनाइ रहेको छ ।

हेराैं भिडीयाे

https://www.facebook.com/reel/335862315554057

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content