February 27, 2024
Comp-1-1

ओखलढुंगा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष धमलाविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

ओखलढुंगा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष धमलाविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता
Comp-1-1

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्ष छविरमण धमलाविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता भएको छ । वडाध्यक्ष धमलाले स्थानीय एक महिलालाई करणी गरेको भन्दै महिलााका आफन्तले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिएकी हुन् ।

अध्यक्ष धमलाले पिडित महिलालाई विभिन्न खालका प्रलोभन देखाएर जाहेरी दर्ता रोक्न खोजेको पीडित पक्षको भना छ । पिडित महिलाका श्रीमान रोजगारीका लागि विदेश रहेका जवरजस्ती करणी घटना पछि स्वदेश फर्किसकेका छन् ।

वडाध्क्ष धमला यतिबेला सम्पर्कविहीन प्रहरीले जनाएको छ । धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content