February 21, 2024
Comp-1-1

‘डिग्री माइला’को छायांकन ओखलढुंगाबाट सुरु

‘डिग्री माइला’को छायांकन ओखलढुंगाबाट सुरु
Comp-1-1

काठमाडौं । निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला’को छायांकन शुक्रबार ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ ।

छायांकनमा निर्देशक गुरुङसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री आँचल शर्मा लगायत कलाकार रहेका छन् ।

पहिलो चरणको छायांकन १५ दिन चल्ने र दोस्रो चरणको मंसिरमा हुने निर्देशक गुरुङले जानकारी दिए । फिल्म दुई सिजनमा खिच्नुपर्ने भएकाले सेड्युल पनि दुई चरणमा हुने गुरुङले बताए ।

अभिनेता दयाहाङ राई सोमबारदेखि सुटिङ समावेश हुनेछन् । दयाहाङकै चर्चित नाटक ‘डिग्री माइला’मा यो फिल्म आधारित हुनेछ । मण्डला थिएटरले तीन पटक मञ्चन गरिसकेको उक्त नाटकलाई निकै रुचाइएको थियो ।

 

२०८१ वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content