July 27, 2024

मेरी आमा !

मेरी आमा !

टेकनाथ नेपाल

यो संसार देखाउने
मुटुमा छाउने
दयावाणी
मेरी आमा

तिमीले जम्मायौे धर्ती हेर्न पाएँ
सधैँ भरि पाइरहने
मनमा आइरहने
मेरी आमा

जहाँ जाऊ मेरै साथमा हुन्छौ
धर्ति जस्तै फैलिएकी
म हिड्ने बाटो देखाउने
मेरी आमा

सुख, दुःख हाम्रो एउटै
हामी दुईमा छैन बेग्लै
आकाश जस्तो उच्च छौ
मेरी आमा

हजार हजार अभिवादन छ तिमीलाई
संसार जित्दै गए त्यो तिम्रै हो
तिमी देउता हौ मेरो लागि
मेरी आमा

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content