March 4, 2024
Comp-1-1

आमाको आर्शिवाद !

आमाको आर्शिवाद !
Comp-1-1

टेक नेपाल

आमा !
मलाई तपाईले बाल्यकालमा ठूूलो मान्छे बनोस् भनेर दिएका आर्शिवाद
अहिले मलाई लागिरहेको छ
तपाईले दिएका आर्शिवादले म आज देश कै ठूलो मान्छे बनेको छु
अनि त मैले आफ्ना छोराछोरी, नातागोता, इष्टमित्रलाई
तपाई भन्दा पनि ठूलो ठानेको छु

आमा !
तपाईले दिएको आर्शिवाद लत्याएर
मैले आफ्नो जन्मदिने आमालाई
ठूलो मान्छे बनाउनुको सट्टा
आफैँ ठूलो मान्छे बनेर हिँडिरेको छु

हो आमा !
खै म ठूलो मान्छे किन यसरी बरालिरहेको छु
गरिबलाई झन् गरिब बनाइ रहेको छु
धनीलाई धनी बनाइरहेको छु

सानोलाई एउटा कानून लगाउछु
ठूलोलाई अर्को कानून लगाउछु
अनि भन्न थाल्छु आफँै
आमालाई साच्चि राखेर काम गर्नुपर्ने
मैले यो के गरिरहेको छु

आमा !
तपाईले दिएकोे आर्शिवाद लागिरहेको छ
छोरो इमान्दारी र शिक्षित भएर विश्वभरी नाम कमाओस्
आमाको आर्शिवाद मलाई लागिरहेकोेछ
म ठूलो मान्छे भएर मलाई मात लागेको छ ।

आमा !
आफ्नै चाडपर्व, मठमन्दिरलाई अन्धविश्वास हो भनिसके
मैले धर्म नै परिवर्तन गरिसके
मठमन्दिर भत्काइ सके
त्यसैले नि आमा म ठूलो मान्छे भनिसके ।
हो आमा म देशै कै ठूलो मान्छे भनि सके ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content